इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई हिल्टनमा छुट 

असार १२, २०८२

कान्तिपुर संवाददाता

Discount at Hilton for Investment Mega Bank customers

काठमाडौँ — नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकले काठमाडौंको हिल्टन होटलमा विषेश छुट पाउने भएका छन् । यसका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र हिल्टन होटलबीच सम्झौता भएको छ ।

सम्झौतामा एनआईएमबीका ग्राहकलाई फुड एन्ड बेभरेजमा १० प्रतिशतसम्म छुट मिल्ने बैंकले जनाएको छ । छुट सुविधा पाउन ग्राहकले एनआईएमबीको डेबिट–क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्नेछ । 

कान्तिपुर

Link copied successfully