सिटिजन्सले ल्यायो मुद्दती निक्षेप धितोमा डिजिटल ऋण सुविधा

असार १२, २०८२

कान्तिपुर संवाददाता

Citizens brings digital loan facility on fixed deposit mortgage

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकको सेवालाई अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ ।

ग्राहकले आफ्नो मुद्दती निक्षेपका आधारमा अचानक आइपर्ने आवश्यक रकमको ऋण सहज रूपमा मोबाइल एप प्रयोग गरी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । योजनाअन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा २ लाख रुपैयाँसम्म ऋण लिन सकिने बैंकको भनाइ छ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्नेछैन । देशभर ६१ जिल्लामा सिटिजन्सका दुई सय शाखा, १ सय ६८ एटीएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ रहेको जनाइएको छ ।

कान्तिपुर

Link copied successfully