काठमाडौँ — नेपाल-इटाली वाणिज्य तथा उद्योग संघले नेपालका लागि इटालीका मानार्थ वाणिज्यदूत पाओलो नुगारीलाई स्वागत गरेको छ । नेपाल-इटाली सम्बन्धलाई थप सुदृढ बनाउने र व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाको खोजी गर्ने जनाएको छ ।
संघका अध्यक्ष सञ्जय अग्रवालले द्विपक्षीय सम्बन्ध मजबुत बनाउन नुगारीले पुर्याएको योगदानप्रति आभार व्यक्त गरे । नुगारीले दीर्घकालीन प्रगतिका लागि दिगो सहकार्य, सांस्कृतिक आदानप्रदान, र निजी क्षेत्रको संलग्नताको महत्त्वमा जोड दिए ।
नेपाल र इटालीबीचको व्यापार, संवाद, र रणनीतिक साझेदारीलाई निरन्तर प्रवर्द्धन गर्दै जाने प्रतिबद्धतासहित अघि बढ्ने संघले जनाएको छ ।
