ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एन्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट

असार १०, २०८२

कान्तिपुर संवाददाता

Up to 15% discount on IME Hospitality and ILA Hotels & Resorts for Global IME customers

काठमाडौँ — ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले आइएमई हस्पिटालिटी र इला होटल एन्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । ग्लोबल आइएमई बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्फोर्ट  एन्ड रिसोटबीच छुटसम्बन्धी समझदारी भएको हो ।

समझदारीमा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवं बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले आइएमई हस्पिटालिटीद्वारा सञ्चालित होटल तथा रिसोर्टहरुमा १५ प्रतिशत र मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छुट पाउनेछन् । 

आइएमई समूहको लगानीमा देशका विभिन्न स्थानमा पर्यटक तथा पाहुनालाई स्तरीय सेवा सुविधा प्रदान गर्न होटल तथा रिसोर्टहरू सञ्‍चालन गरिरहेको छ । 

काठमाडौंको होटल ले हिमालय लाजिम्पाट र साके एन्ड फेङ रेस्टुरेन्ट लाजिम्पाट, बागलुङको इला कम्फोर्ट, गैंडाकोटमा इला होटल एन्ड रिसोर्ट मौलाकाली र पोखराको लेकसाइड रिट्रिट आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको रोजाइमा छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय-सान्दर्भिक योजना ल्याएर लाभान्वित गर्दै आएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully