नेपाल एसबिआई बैंकद्वारा चौदण्डीगढी नगरपालिकालाई सीसीटीभी हस्तान्तरण

असार ६, २०८२

कान्तिपुर संवाददाता

Handover of CCTV to Chaudandigarhi Municipality by Nepal SBI Bank

काठमाडौँ — नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उदयपुरस्थित चौदण्डीगढी नगरपालिकाको सुरक्षा व्यवस्था अभिवृद्धि गर्ने उद्देश्यले सीसीटीभी हस्तान्तरण गरेको छ ।

बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरेले नगरपालिकाका उप–मेयर मनिकादेवी दुलाललाई एक कार्यक्रममा उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

नेपाल एसबिआई बैंकले ३१ वर्षदेखि बैकिङ सेवा दिँदै आएको छ । बैंकका एक सय शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

कान्तिपुर

Link copied successfully