काठमाडौँ — कन्फेक्शनरी कम्पनी सुजल फुड्सले नयाँ वाफी फ्यामली प्याक सार्वजनिक गरेको छ । कम्पनीले 'वाफी प्याक' अझै ठूलो, स्वादिलो र क्रञ्ची बनाई बजारमा ल्याएको हो ।
क्रिमी स्वाद, क्रिस्पी लेयर र रमाइलो अनुभवको सन्तुलनसहितको 'वाफी' स्ट्रबेरी र चकलेट फ्लेबरमा उपलब्ध छन् । १२० ग्रामको फ्यामिली प्याकको मूल्य सय रुपैयाँ तोकेको छ ।
वाफी विशेषगरी प्रिमियम स्न्याक मन पराउने बालबालिकाहरूका लागि बनाइएको कम्पनीले जनाएको छ । उच्च गुणस्तरका पदार्थहरुको समिश्रण बाट अत्याधुनिक प्रविधिमा बनाईएको वाफी चार तहको क्रिस्पी, तीन तहको क्रीमले भरिएर स्वाद र गुणस्तरले भरिएको हुनेछ ।
१२ महिनासम्म ताजा र क्रिस्पी रहने बनावट, तीन तहको मेटालिक प्याकेजिङ र 'सेफ्टी ट्रे'ले सुगन्ध र क्रिस्पीपनलाई अन्तिम बाइटसम्म सुरक्षित राख्छ ।
वाफी फ्यामली प्याक अब नेपालभरि भाटभटेनी सुपरमार्केट, बिगमार्ट, केकेमार्ट, सेल्सबेरी लगायतका ठाउँहरूमा पाइन्छ । दराज, गिफ्ट्मान्डु डट्कम, स्मार्टडोको डट्कम, यार्शाबजार डट्कम, बिजबजार डट्कम र डिलआयो डट्कम लगायत बाट समेत सजिलै खरिद गर्न सकिनेछ । वाफी अमेरिका, युरोप, अष्ट्रेलिया, तथा बिभिन्न खाडी मुलुकहरूमा निर्यात भइरहेको छ।
