काठमाडौँ — हस्पिटालिटी व्यवसायमा विश्व बजारमा सफलता हासिल गरिरहेको फ्रान्सेली ‘लुभ्र होटल्स’ ग्रुपको ब्रान्ड सहकार्यमा ग्वार्कोमा अन्तर्राष्ट्रिय ब्रान्डको रोयल टुलिप होटल सञ्चालनमा आएको छ । द मासिफ होटल प्रालिले निर्माण गरेको होटलको व्यवस्थापन सरोवर होटलले गरेको छ ।
३० हजार वर्ग फिटमा फैलिएको होटलमा सुइटसहित ३०५ कोठा रहनेछन् । तर होटलले अहिले १०४ कोठा सञ्चालनमा ल्याएको छ । ११ हजार वर्ग फिटको इभेन्ट/ब्यांक्वेट हल रहेको होटलमा अलग्गै ६ वटा बैठक कोठा छ भने होटलमा ८०० वर्ग फिटको बोर्ड रुमको सुविधा छ ।
६०० गाडी अट्ने पार्किङ एरियासहितको होटलले अन्तर्राष्ट्रियस्तरको कार्यक्रम, वैवाहिक कार्यक्रम र कर्पोरेट इभेन्टहरू गर्न सकिने बताएको छ । द मासिफ होटल प्रालिका अध्यक्ष टुलिप होटलले नेपालको हस्पिटालिटी क्षेत्रलाई बदल्न सहयोग गर्ने बताएका छन् ।
उच्च गुणस्तरको आतिथ्य सेवा र ठूला इभेन्ट स्थलप्रतिको बढ्दो मागलाई यसले पूरा गर्ने रोवर होटलका अध्यक्ष अजयकुमार बाकयले जनाए । हाल लुभ्र होटल्स ग्रुपका ७० मुलुकमा एक हजार सात सय ५६ होटल छन् ।
