जलवायु अनुकूलित समुदायका लागि महिलाको आर्थिक र राजनीतिक नेतृत्व बढाउन अक्सफाम नेपालको राष्ट्रिय स्टार्टअप कार्यक्रम

असार ३, २०८२

कान्तिपुर संवाददाता

Oxfam Nepal's national startup program to increase women's economic and political leadership for climate-adapted communities

काठमाडौँ — अक्सफाम नेपालले महिला सशक्तिकरणः जलवायु अनुकूलित समुदायका लागि महिलाको आर्थिक र राजनीतिक नेतृत्व बढाउन राष्ट्रिय स्टार्टअप परियोजना घोषणा गरेको छ ।

‘इमपावरिङ हर’ कोइका इन्टरनेसनल कर्पोरेसन एजेन्सी (कोइका) को सार्वजनिक–निजी साझेदारीमा संच्चालित तीनवर्षे परियोजना हो । उक्त परियोजना अक्सफाम नेपाल, निडस् नेपाल र आरडीएसी नेपालको सहकार्य र साझेदारीमा कार्यान्वयन गरिनेछ ।

रौतहटको वृन्दावन र राजादेवी नगरपालिका र कञ्चनपुरको भिमदत्त नगरपालिकामा उक्त परियोजना सञ्‍चालन गरिनेछ । यसका लागि २ मिलियन अमेरिकि डलर बजेट विनियोजन गरिएको छ ।

मौसमी आप्रवासी परिवारमा आर्थिक उत्थानशीलता निर्माण नामक उक्त परियोजना मधेश प्रदेशको रौतहट जिल्ला र सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा महिला नेतृत्व प्रवर्द्धन गर्न र महिला उद्यमीहरूद्वारा सञ्चालित हरित व्यवसाय/उद्यमहरूलाई सहयोग गर्नेछ ।

अक्सफाम नेपालकी देशीय निर्देशक तृप्ती राईको अक्सफाम विश्वव्यापी असमानता अन्त्य गर्न काम गरिरहेको संस्था रहेको बताइन् । ‘अक्सफाम नेपालका कार्यक्रमहरू असमानता र अन्यायको अन्त्यमा केन्द्रित रहेर हाम्रा पाँच अन्तरसम्बन्धित विषयगत क्षेत्रहरू - लैंगिक न्याय, जलवायु न्याय र उत्थानशीलता, जल सुशासन, आर्थिक न्याय, र मानवीय प्रतिकार्यलाई एकीकृत गर्न डिजाइन गरिएका छन्,’ उनले भनिन् ।

यो पहलले नेपालका दुई प्रमुख क्षेत्रहरू, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशमा महिला सशक्तीकरणलाई अगाडि बढाउने अनुपम अवसर प्रदान गर्ने उनले बताइन् ।

कार्यक्रममा अक्सफाम नेपालकी लैंगिक न्याय विषयगत प्रमुख सोनि प्रधानले प्रस्तुतीकरण दिइन् । उनले ‘इमपावरिङ हर’ को पहिलो चरणको रूपमा कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा ९ मा कार्यान्वयन गरिएका मुख्य उपलब्धि र सफलताहरूबारे जानकारी गराइन् ।

‘यो पहल मधेश प्रदेशको रौतहट जिल्लाका राजदेवी र वृन्दावन नगरपालिकाका सबै वडाहरू तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाका सबै वडाहरूमा कार्यान्वयन गरिनेछ,’ उनले बताइन् ।

रौतहटस्थित राजदेवी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रलभ कायस्थले पहलका लागि नगरपालिकालाई कार्यक्षेत्रका रूपमा छनोट गरेकामा धन्यवाद दिए । ‘यहाँको जटिल सामाजिक मान्यता र विविधतालाई ध्यानमा राखेर काम गर्नुपर्ने आवश्यक छ,’ उनले भने, ‘रौतहट जिल्ला साक्षरता र स्वास्थ्य सेवाका हिसाबले कम विकसित जिल्लाहरूमध्ये पर्छ । हाम्रो समाजमा पितृसत्तात्मक मान्यता गहिरो जरो गाडेर बसेको छ ।’

मुलुकमै प्रवासी युवाहरूलाई टिकाउनुपर्ने चुनौती रहेको भन्दै उनले  सरकार र विकास संस्थाहरू जस्ता अन्य सरोकारवालाहरूले हाम्रो साझा लक्ष्यमा आफ्नो कामलाई एकरूपता दिनुपर्ने बताए ।

कोइकाका देशीय निर्देशक कङ्ग मु हृयोनले नयाा परियोजना हाम्रो अघिल्लो सहकार्यमा आधारित रहेको बताए । ‘हामीले छनोट गरेका जिल्लाहरू जलवायु–आधारित विपद्को जोखिममा रहेका क्षेत्रहरू हुन्, विपद् आउादा पुरुषहरू कामको लागि बसाइँ सर्छन् र महिलाहरूमा दोहोरो बोझ थपिन्छ,’ उनले भने, ‘यद्यपि, उनीहरू कुनै पनि प्रकारको निर्णय लिने गतिविधिमा संलग्न हुादैनन्  । यो परियोजना नेपालमा कोइकाको सहयोग पूरा गर्ने एक समग्र दृष्टिकोण हो ।’ परियोजनाको लक्ष्य महिला सशक्तिकरण गर्नु रहको उनले बताए ।

समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले परियोजनाले नेपालमा दिगो विकास लक्ष्यहरू हासिल गर्न देशलाई सहयोग गर्ने उद्देश्यले उद्यमशीलताको एउटा उदाहरण रहेको बताए ।

‘यो केवल वित्तीय उत्थानशीलतामा मात्र केन्द्रित  छैन, तर विशेष गरी मौसमी आप्रवासी परिवारहरूलाई लक्षित गरिएको छ,’ उनले भने, ‘म आशा गर्दछु कि यो परियोजनाले लक्षित क्षेत्रहरूमा मौसमी बसाइँसराइ कम गर्न मद्दत गर्नेछ । यो परियोजनाले १६औं आवधिक योजना र दिगो विकास लक्ष्यहरूमा योगदान पुर्‍याउनेछ ।’

अक्सफाम नेपालले सन् १९८० देखि सरकार, नागरिक समाज, साझेदार संस्था, महिला, र युवासाग मिलेर विभिन्न विकास, मानवीय सहायता, र प्रभावकारी परियोजनाहरू मार्फत नागरिक क्षेत्रलाई सशक्त बनाउन र असमानताहरु र सामाजिक अन्याय अन्त्य गर्नका लागि काम गर्दै आइरहेको छ ।

कान्तिपुर

Link copied successfully