हरेक हप्ता १० लाख रुपैया नगद पुरस्कार र सहभागी सबैलाई उपहार
काठमाडौँ — एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘सधैँ अन करोडपति’ योजना सञ्चालनमा ल्याएको छ । उक्त योजनाअन्तर्गत ग्राहकहरुले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउनेछन् । १२ सातासम्म चल्ने ‘सधैँ अन करोडपति’ योजना आइतबारदेखि लागू भएको छ ।
यो योजनाअन्तर्गत हरेक साता १० जना भाग्यशाली ग्राहकले जनही १ लाख रुपैयाँ नगर पुरस्कार जित्नेछन् । साप्ताहिक नगद पुरस्कार १२ हप्ता सम्म जारी रहनेछ ।
यो योजनामा सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरुप प्राप्त गर्नेछन्, जसले गर्दा यो योजना सबैका लागि हात खालि नजाने योजना बनेको छ । यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि एनसेल सेवा-जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनु पर्दछ ।
यो योजना आइतबारदेखि शनिबारसम्मको साप्ताहिक चक्रअनुसार सञ्चालन हुनेछ । 'यो मनसुनमा, एक दशकभन्दा लामो समयपछि हामीले यो यति ठूलो योजना सञ्चालनमा ल्याएका छौं । सबैलाई सधैं सहज, सुलभ सेवामार्फत जोडी राख्ने हाम्रो प्रतिबद्धता बमोजिम, हामी हाम्रो ‘सधैं अन’ पहल अन्तर्गत यो योजना सञ्चालन गर्न पाएकोमा धेरै उत्साहित छौं, ' एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने ।
१ करोड रुपैयाँको नगद बम्पर पुरस्कारदेखि सहभागी सबैलाई केही न केही बोनसको व्यवस्था रहेकोले योजना विशेष हुने कायुमोभले बताए ।ग्राहकहरूले *१२३# डायल गरी, नजिकको आधिकारिक खुद्रा विक्रेता वा एनसेल सेन्टरमा गई, अथवा एनसेल एप, एनसेल वेबसाइटमार्फत एनसेल सेवाहरु लिन सक्छन् ।
एनसेल रिचार्ज तथा प्याक खरिद समर्थन गर्ने नेपालमा दर्ता भएका कुनै पनि डिजिटल वालेट वा बैंक प्लेटफर्ममार्फत एनसेल सेवा लिन सकिनेछ । हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको १ वटा टिकट प्राप्त गर्नेछन् ।
यदि ग्राहकहरुले ४९९ रुपैयाँ बराबरको सेवा खरिद गर्छन् भने, उनीहरूले ५ वटा टिकट प्राप्त गर्नेछन् । यसको मतलब प्याकको मूल्य जति बढी भयो जित्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ । ग्राहकहरुलाई सेवा खरिद पश्चात उनीहरुले पाएको आफ्नो टिकट हेर्न सकिने लिंक तुरुन्तै एसएमएसमार्फत पठाइनेछ । एनसेल एपमार्फत *९९९९# डायल गरेर, वा चालु हप्ताका लागि १ र सम्पूर्ण योजना अवधिका लागि २ टाइप गरी ९९९९ मा एसएमएस पठाएर आफुले पाएका टिकटहरू हेर्न सक्ने व्यवस्था गरिएको छ ।
कुनैपनि नेपाली बैंकमा खाता र प्यान नम्बर भएका सबै प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहकहरू यस योजनामा सहभागी हुन योग्य छन् । पोस्टपेड प्रयोगकर्ताहरूले मासिक रूपमा सक्रिय रहेर वा नयाँ पोस्टपेड सिम खरिद गरेर सहभागी हुन सक्नेछन् । हरेक रिन्यूअलमा टिकटहरू स्वचालित रूपमा जारी हुनेछ ।
यस योजना अवधिभर प्रत्येक आइतबार साँझ ६:३० देखि ७:०० बजेको समयामा एनसेल यूट्युव च्यानल, एनसेल एप र कान्तिपुर टिभीमार्फत प्रसारण हुने कार्यक्रममार्फत नगद पुरस्कार विजेताहरू घोषणा गरिनेछन् । नगद पुरस्कार हस्तान्तरण प्रक्रियाका लागि एनसेलले विजेताहरूलाई सिधैं सम्पर्क गर्नेछ । थप जानकारीका लागि ग्राहकहरूले ९९९९ डायल गर्न सक्छन् वा नजिकको एनसेल सेन्टरमा जान सक्छन् । एनसेलको वेबसाइट मा गई वा एनसेल एप डाउनलोड/लगइन गरी यस सम्बन्धी जानकारी लिन सकिनेछ ।
