नागरिकताका आधारमा सामसङको टीभी र होम अप्लाइन्स 

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

Samsung TVs and Home Appliances by Citizenship

काठमाडौँ — सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि अप्लाइन्स फाइनान्स सेवालाई अझ सहज र पहुँचयोग्य बनाएको छ । अब ग्राहकको नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने गरी सामसङ नेपालले नयाँ सुविधा घोषणा गरेको हो ।

 ‘पहिले टीभीका लागि मात्र एक कागजातमा फाइनान्स प्रक्रिया सम्भव थयो भने, होम अप्लाइन्सहरूका लागि थप कागजात आवश्यक पर्थ्यो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अबदेखि यो सुविधा सबै सामसङ होम अप्लाइन्सहरूमा पनि लागू गरिएको छ ।’

अब ग्राहकले नयाँ टीभी वा होम अप्लाइन्स आफ्नो र ग्यारेन्टरको नागरिकता प्रमाणपत्र र २/२ वटा पासपोर्ट साइजको फोटो राखेर फारम बुझाएको एक घण्टाभित्रै घर लैजान सक्नेछन् । ग्राहकले ३० प्रतिशत डाउनपेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा १२ महिनाको किस्ताबन्दी सुविधा पाउने पनि कम्पनीले बताएको छ । सामसङको नवीनतम प्रविधि अब नेपाली ग्राहकको पहुँचमा ल्याउने उद्देश्यले सुरु गरिएको यो योजना सुरु गरिएको कम्पनीको भनाइ छ । 

कान्तिपुर

Link copied successfully