नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटी

जेष्ठ २८, २०८२

कान्तिपुर संवाददाता

Bogti as the President of Nepal Leather Shoe Manufacturers Association

काठमाडौँ — नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा हरिराम बोगटी चयन भएका छन्। संघको १४ औँ साधारणसभा तथा अधिवेशनले बोगटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। 

संघको वरिष्ठ उपाध्यक्षमा दिलकुमार बिशुन्खे र उपाध्यक्षमा लक्ष्मण मंग्राती चयन भएका छन्। त्यस्तै, महासचिवमा विधान बोगटी, सचिवमा कुमार मंग्राती, सह-सचिवमा सान्बाबू बोगटी र कोषाध्यक्षमा प्रमेश बिशंखे चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा योगेश कुमार नेपाली, राजन रम्तेल, राजु नेपाली, रामकुमार तोलाङे र रोशन पुर्कोटी चयन भएका छन्। 'कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो' भन्ने नाराका साथ भएको संघको साधारणसभामा नेपालका परम्परागत छाला जुत्ता उद्योगको सुदृढीकरण, उद्यमीहरूको क्षमता अभिवृद्धि  र गुणस्तरीय उत्पादनलाई प्रोत्साहन गर्ने विषयमा छलफल भएको थियो।

२०६६ सालमा स्थापित संघलाई सदस्यता वृद्धि गर्दै छाला जुत्ता उद्योगको संस्थागत विस्तार र उद्यमीहरुको हितमा थप सक्रिय र प्रभावकारी बनाउँदै लैजाने निर्णय भएको संघका सल्लाहकार सदस्य रिबद मंग्रातीले जानकारी दिए। 

कान्तिपुर संवाददाता

Link copied successfully