काठमाडौँ — सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि अप्लाएन्स फाइनान्स सेवालाई अझ सहज र पहुँचयोग्य बनाएको छ। अब ग्राहकको नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने गरी सामसङ नेपालले नयाँ सुविधा घोषणा गरेको हो ।
'पहिले टीभीको लागि मात्र एक कागजातमा फाइनान्स प्रक्रिया सम्भव थयो भने, होम अप्लायन्सहरूका लागि थप कागजात आवश्यक पर्थ्यो,' विज्ञप्तीमा भनिएको छ, 'अबदेखि यो सुविधा सबै सामसङ होम अप्लाएन्सहरूमा पनि लागू गरिएको छ।' अब ग्राहकहरूले नयाँ टीभी वा होम अप्लाएन्स आफ्नो र ग्यारेन्टरको नागरिकता प्रमाणपत्र र २/२ वटा पासपोर्ट साइजको फोटो राखेर फारम बुझाएको एक घण्टा भित्रै घर लैजान सक्नेछन्।
यो सुविधा यहि जेठ १९ गते बाट लागू भएको हो । ग्राहकले ३० प्रतिशत डाउनपेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा १२ महिनाको किस्ताबन्दी सुविधा पाइनेछ । 'कुल ३० हजार रुपैयाँ वा त्योभन्दा बढी मल्यू भएका सामसङ टभी र होम अप्लाएन्सहरूमा मात्र लागू हुनेछ,' विज्ञप्तीमा भनिएको छ ।
सामसङको नवीनतम प्रविधि अब नेपाली ग्राहकहरूको पहुँचमा ल्याउने उद्देश्यले सुरु गरिएको यो योजना हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको हो।सामसङ इन्स्टा फाइनान्स हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारले वितरित गरिरहेका देशभर रहेका २ सयभन्दा बढी अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध छ ।
