बजारमा इनफिनिक्स नोट ५०एक्स

जेष्ठ २६, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — इनफिनिक्सले नेपाली बजारमा नयाँ फाइभजी स्मार्टफोन नोट ५०एक्स सार्वजनिक गरेको छ ।

इनफिनिक्स नोट ५० एक्समा मेडियाटेक डाइमेन्सिटी ७३०० अल्टिमेट प्रोसेसर, ४५ वाटको छिटो चार्ज र आईपी ६४ स्तरीकरण विशेषता रहेको कम्पनीले जनाएको छ ।

स्मार्टफोनमा ६.६७ इन्चको १२० हर्ज भएको एलसीडी, ५० मेगापिक्सेलको पछाडिको क्यामेरा, ८ मेगापिक्सेलको अगाडिको क्यामेरा, ६ जीबी र्‍याम तथा १२८ जीबी रोम क्षमता र ५२०० मिलिअम्पियर घण्टा क्षमताको ब्याट्री छ ।

फोनमा एनएफसी सुविधा र इन्फ्रारेड ब्लास्टरजस्ता आधुनिक प्रविधि पनि समावेश रहेको कम्पनीले जनाएको छ । एन्ड्रोइड १५ मा आधारित एक्सओएस १५ सञ्चालन प्रणालीमा चल्ने यो नोट ५०एक्स, टाइटानियम ग्रेलगायत रङमा उपलब्ध छ ।

नेपाली बजारमा यस स्मार्टफोनको मूल्य २१ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully