काठमाडौँ — एनसेल फाउन्डेसन, खालीसिसी र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आयोजित नेपालको राष्ट्रियस्तरको वेस्ट ह्याकाथन तीन उत्कृष्ट टिमले जितेका छन् ।
थापाथली क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीको टिम ईकोलुपले उक्त उपाधि जितेको हो । यस टिमले ट्र्यास डिजिटाइज शीर्षकअन्तर्गतको नवीन समाधान प्रस्तुत गरेको थियो । यसैगरी किङ्स कलेज नेपालका विद्यार्थीहरू दोस्रो बने ।
फुल स्ट्याक जिरो वेस्ट रहेको यो टिमले ल्यान्डफिल टु सर्कुलेटरी शीर्षकअन्तर्गत प्रदर्शन गरे । तेस्रो स्थान भने काठमाडौं विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स विभागका विद्यार्थीले पाए ।
विश्व वातावरण दिवस २०२५ को अवसरमा आयोजित ऊक्त कार्यत्रम फोहोरमैला व्यवस्थापनमा केन्द्रित रहेको एनसेलले जनाएको छ ।
