नेपाल एसबीआई बैंक र एनसीएचएलबीच सम्झौता

जेष्ठ २६, २०८२

कान्तिपुर संवाददाता

Agreement between Nepal SBI Bank and NCHL

काठमाडौँ — नेपाल एसबीआई बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच सम्झौता भएको छ ।

बैंक र एनसीएचएलबीच एनपीएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सोमबार सम्झौता भएको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकले डोमेस्टिक कार्ड योजना ‘नेपाल पे कार्ड’ जारी गर्ने र प्राप्त गर्ने प्रयोजनका लागि स्विच एकीकृत गर्न सकिने बैंकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully