काठमाडौँ — इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले ‘मनसुन अफर–सेन्चुरी प्याक’ सार्वजनिक गरेको छ । मनसुनको मौसममा इन्टरनेट सेवा सहज बनाउन कम्पनीले जेठ २६ देखि उक्त अफर सञ्चालनमा ल्याएको बताएको छ ।
अफरअन्तर्गत ग्राहकले १ सय एमबीपीएसको उच्च गतिको इन्टरनेट, १२ महिनामा एक महिना बोनस र बिनाकुनै थप शुल्क र नोकिया ५जीहर्ज राउटर ८ हजार ५ सय रुपैयाँमा पाउने कम्पनीको भनाइ छ ।
कम्पनीका देशभर ४८ वटा शाखा सञ्चालनमा छन् । साथै ३ सयभन्दा बढी सहर ४४३ जना जनशक्ति परिचालनमा रहेको कम्पनीले जनाएको छ ।
