कजारियाको एचडी पोलिस्ड टायल

जेष्ठ २५, २०८२

कान्तिपुर संवाददाता

Kazaria's HD Polished Tiles

काठमाडौँ — कजारियाले नेपालमा एचडी पोलिस्ड टायल सार्वजनिक गरेको छ । नेपालमा पहिलोटपटक एचडी पोलिस्ड टायल सार्वजनिक गरेको कम्पनीको दाबी छ ।

विश्वस्तरीय मापदण्डअनुसार नवीनतम प्रविधिद्वारा उक्त टायल निर्माण गरिएको कम्पनीको भनाइ छ । उक्त टायल ऐना झैं चम्किलो, गुणस्तरीय प्रिन्ट र सुपर–स्मूथ फिनिसिङ रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उक्त अवसरमा कजारिया रामेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले नेपालमा उच्च गुणस्तरको टायल प्रस्तुत गर्न पाएको उत्साहित भएको बताए । उक्त टायल उच्च गुणस्तरका उत्पादन खोज्नेहरूका लागि निर्माण गरिएको समेत कम्पनीको भनाइ छ ।

कान्तिपुर

Link copied successfully