प्रभु बैंक र होटल यार्शाबीच छुट सम्झौता

जेष्ठ २५, २०८२

कान्तिपुर संवाददाता

Discount agreement between Prabhu Bank and Hotel Yarsha

काठमाडौँ — प्रभु बैंक र होटल यार्साबीच बैंकका ग्राहक तथा कर्मचारीलाई छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार जिरीमा रहेको होटल यार्सामा बैंकका ग्राहकले छुट पाउनेछन् । सम्झौतासँगै ग्राहकले होटल यार्सामा होटलको कोठामा १५ र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट पाउनेछन् । छुट अफरले ग्राहकलाई गुणस्तरीय सेवा किफायती मूल्यमा प्राप्त हुने विश्वास बैंकले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully