काठमाडौँ — सानिमा बैंकका ग्राहकले सफायर एस्थेटिक्समा छुट पाउने भएका छन् । ग्राहकले डिजिटल बैंकिङको माध्यम प्रयोग गरी कुपन्डोलमा रहेको सफायरमा छुट पाउने छन् ।
ग्राहकले बैंकका भिसा डेबिट तथा क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ प्रयोग गरी डिजिटल भुक्तानीमा १५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ । बैंकले यस किसिमका ग्राहक लक्षित छुट तथा अफर ल्याउने गरेको समेत बताएको छ ।
