काठमाडौँ — एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्सले जेभियर इन्टरनेसनल स्कुललाई १३ वटा नयाँ फोटोन माउन्टेन इलेक्ट्रिक स्कुल भ्यान हस्तान्तरण गरेको छ ।
उक्त भ्यानहरू एमएडब्लू वृद्धिका प्रमुख कार्यकारी अधिकृत तुसार गुप्ता र बिक्री प्रमुख नवीन आचार्यले विद्यालयलाई हस्तान्तरण गरे ।
वातावरणमैत्री र दिगो यातायात प्रणालीप्रतिको प्रतिबद्धतालाई सार्थक तुल्याउने उद्देश्यले आयोजित एक समारोहबीच गाडीका साँचो विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
फोटोन माउन्टेन ईभी आधुनिक विद्युतीय गाडी हो । यस भ्यानमा ५३.५८ किलोवाटको सीएटीएल ब्याट्री र १३० किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।
