काठमाडौँ — अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्सले दरबारमार्गमा एक्सक्लुसिभ स्टोर सुरु गरेको छ । कम्पनीले शुक्रबार उक्त स्टोरको औपचारिक सुरुवात गरेको छ । उक्त स्टोर नेपालमा भएको एक मात्र आधिकारिक स्केचर्स स्टोर रहेको कम्पनीको दाबी छ ।
स्टोरमा २०२५ सिजनका नवीनतम संग्रहसहित आधिकारिक च्यानलबाट मात्र उपलब्ध हुने एक्सक्लुसिभ इनलाइन उत्पादन पाइने कम्पनीको भनाइ छ ।
काठमाडौंको व्यापारिक केन्द्र दरबारमार्गमा खुलेको उक्त स्टोरले जीवनशैली र पर्फर्मेन्स दुवैका लागि उच्च गुणस्तरयुक्त फुटवेयर उपलब्ध गराउने कम्पनीले जनाएको छ । साथै कम्पनीले निकट भविष्यमा कमलपोखरीस्थित सिटी सेन्टरमा दोस्रो स्टोर खोल्ने तयारी गरेको जनाएको छ । ‘नेपालमा स्केचर्सको सम्पूर्ण रिटेल अनुभव प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं,’ कम्पनीका एमडी विश्वास थोकरले भने, ‘यो नेपाली ग्राहकलाई विश्वस्तरीय फुटवेयर प्रदान गर्ने हाम्रो प्रतिबद्धताको महत्त्वपूर्ण सुरुवात हो ।’
