काठमाडौँ — ग्लोबल आईएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारीसाधन (ईभी) चार्ज गर्न चार्जिङ स्टेसन स्थापना गरेको छ ।
बैंकको कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेसन स्थापना गरिएको हो ।
बिहीबार आयोजित एक समारोहबीच बैंकका सञ्चालक कृष्णप्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्त रूपमा उक्त चार्जिङ स्टेसनको उद्घाटन गरे ।
गाडी चार्जसँगको सहकार्यमा बैंकले स्थापना गरेको उक्त चार्जिङ स्टेसनको सीसी२ सिंगल गनको ४० किलोवाट क्षमता छ ।
