काठमाडौँ — नेपाल चाइल्डहुड क्यान्सर एलायन्स (एनसीसीए) ले १४ जना किशोरकिशोरीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ । एनसीसीएले इन्टरनेसनल क्यान्सर सर्भाइभर डेको अवसरमा बाल क्यान्सरबाट बाँच्न सफल १४ जना किशोरकिशोरीलाई ६ लाख रुपैयाँको छात्रवृत्ति प्रदान गरेको हो ।
रमेश गुप्ता स्मृति प्रतिष्ठान, टुगेदर अगेन्स्ट चाइल्डहुड क्यान्सर, लियोनार्डो एड्वार्ड श्रेष्ठ फाउन्डेसन र वर्ल्ड चाइल्ड क्यान्सरको सहकार्यमा छात्रवृत्ति प्रदान गर्ने कार्य सुरु गरिएको एनसीसीएले जनाएको छ ।
