आईसीएफसी फाइनान्स र एनसीएचएलबीच मेम्बरसिप सम्झौता

जेष्ठ २२, २०८२

कान्तिपुर संवाददाता

Membership Agreement between ICFC Finance and NCHL

काठमाडौँ — आईसीएफसी फाइनान्स र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।

फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनील पन्त र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानलेयससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

एनसीएचएलले हालै एनपीएस–एनसीएसको पुर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्युइङ र अक्वारिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्था यसमा आबद्ध भइरहेको जनाएको छ ।

कान्तिपुर

Link copied successfully