केन्याका राजदूतद्वारा राष्ट्रपति पौडेल समक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँमा अवैतनिक दूतावास कार्यालयको उद्घाटन

जेष्ठ २२, २०८२

कान्तिपुर संवाददाता

Presentation of Credentials by the Kenyan Ambassador to President Paudel

काठमाडौँ — नेपालका लागि केन्याका राजदूत पिटर मैना मून्यीरीले राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफ्नो ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेका छन् । सोमबार नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनको उपस्थितिमा मून्यीरीले राष्ट्रपति पौडेल समक्ष ओहोदाको प्रमाण पत्र पेश गरेका हुन् ।

त्यही दिन राजदूत मून्यीरीले कमलादीस्थित सिटी एक्सप्रेस कम्प्लेक्सको चौथो तल्लामा अवस्थित गणतन्त्र केन्याको अवैतनिक दूतावास कार्यालयको समेत उद्घाटन गरेका थिए । 

अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनले आयोजना गरेको विशेष समारोहमा राजदूत मून्यीरीको अध्यक्षतामा दुवै देशबीचको व्यापार प्रवर्द्धनका साथै सांस्कृतिक तथा अन्य विविध क्षेत्रमा सहकार्य विस्तारमा काम गर्ने प्रतिबद्धता जनाइएको थियो ।

अवैतनिक वाणिज्यदूत टण्डन सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापकसमेत हुन् ।   

कान्तिपुर संवाददाता

Link copied successfully