काठमाडौँ — एभरेस्ट बैंकले इबिएल भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ । बैंकले जेठ २० देखि विद्युतीय सेवा विस्तार गर्ने क्रममा आफ्ना ग्राहकका लागि ईबीएल भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको हो । बैंकका अनुसार यो कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो ।
ग्राहकले बैंकद्वारा जारी गरिएको न्यूनतम मापदण्ड प्रयोग गरी उक्त सेवा लिन सक्ने बैंकले जनाएको छ । यस सेवामार्फत ग्राहकले ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको भर्चुअल क्रेडिट सीमा प्रयोग गरी फोन पे क्यूआर स्क्यान गरेर वस्तु तथा सेवाको भुक्तानी, अनलाइन ट्रान्जेक्सन तथा कार्ड व्यवस्थापन कार्य सक्नेछन् । यस सेवाअन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म उपभोग गर्न सक्नेछन् ।
