इमामीको नवरत्न बिट मसाज अभियान

जेष्ठ २१, २०८२

कान्तिपुर संवाददाता

Emami's Navratna Bit Massage campaign

काठमाडौँ — भारतको इमामी लिमिटेडले आफ्नो उत्पादन नवरत्न तेलका उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गराउने उद्देश्यले नेपालमा ‘नवरत्न बिट मसाज २०२५’ अभियान सुरु गरेको छ ।

जेठ ११ मा सुरु भएको अभियान साउन १७ सम्म सञ्चालन गरिने कम्पनीले जनाएको छ । ७० दिने अभियानले पूर्वी तथा पश्चिमी नेपालका २४ जिल्ला ओगट्ने कम्पनीको भनाइ छ । अभियानअन्तर्गत तीन सयभन्दा बढी ब्रान्डेड सैलुन र ६० वटा मोबाइल स्टलमार्फत निःशुल्क दुई मिनेटको नवरत्न हेड मसाज प्रदान गरिनेछ । यसबाट उपभोक्ताले दैनिक रूपमा नवरत्न तेलको शीतलता र तनाव कम गर्ने फाइदा अनुभव गर्न सक्ने कम्पनीको दाबी छ ।

कान्तिपुर संवाददाता

Link copied successfully