फोनपेको स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

Fonepay Student Ambassador Program 2025

काठमाडौँ — डिजिटल भुक्तानी सञ्जाल फोनपे ले ‘फोनपे स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५’ सार्वजनिक गरेको छ, जसले देशभरका विश्वविद्यालयका विद्यार्थीलाई डिजिटल साक्षरता, फिनटेकमा नवीनता र सामाजिक प्रभावमा सशक्त बनाउने जनाएको छ ।

विद्यार्थीहरू नै नेपालको भविष्यका डिजिटल नेतृत्वकर्ता हुन् झन्ने यस कार्यक्रमको मूल मान्यता हो ।

युवालाई सशत्त बनाएर मात्रै भोलिको डिजिटल समावेशी नेपाल निर्माण गर्न सकिन्छ भन्ने विश्वासमा आधारित यस कार्यक्रमले आधुनिक सीप र नेतृत्व क्षमताबाट भरिपूर्ण नयाँ पुस्ता तयार गर्ने उद्देश्य राखेको कम्पनीले बताएको छ ।

कार्यक्रमप्रति उल्लेखनीय उत्साह देखिएको र हालसम्म देशभरबाट १७० भन्दा बढी टिमले आवेदन दिएको कम्पनीको भनाइ छ । प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि ७५ टिम र १५० विद्यार्थी छनोट गरिएको कम्पनीले बताएको छ ।

कान्तिपुर

Link copied successfully