अब ई–सेवाबाट होटल बुकिङ पनि

जेष्ठ १८, २०८२

कान्तिपुर संवाददाता

Now also hotel booking through e-service

काठमाडौँ — अब ई–सेवामार्फत अनलाइन होटल बुकिङ अझै सहज र छिटो भएको छ । ई–सेवाले आफ्नो सेवा सूचीमा होटल बुकिङ सेवा पनि थप गरेसँगै होटल खोज्न र बुक गर्न फोन गर्नुपर्ने, वेबसाइट चहार्नुपर्ने झन्झट हटेको छ ।

वेबसाइट र मोबाइल एपमार्फत सहजै आफ्नो आवश्यकतानुसार होटल बुकिङ गर्न मिल्ने गरी सेवा सञ्चालन गरेको ई–सेवाले जनाएको छ ।

ई–सेवाले देशभर रहेका दुई हजारभन्दा बढी होटलहरूलाई एउटै प्लेटफर्ममा ल्याउँदै आफ्ना प्रयोगकर्ताहरूलाई सजिलो र छिटो होटल बुकिङ गर्न मिल्ने सुविधा ल्याएको दाबी गरेको छ ।  

अहिलेसम्म मोबाइल रिचार्ज, बिजुली–पानीको बिल तिर्नेदेखि सरकारी सेवा शुल्क तिर्नेसम्मका कामलाई सहज बनाउँदै आएको ई–सेवाले अब घुमघाम, व्यावसायिक यात्रा वा पारिवारिक कार्यक्रमका लागि होटल बुकिङ पनि सहज बनाएको जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully