काठमाडौँ — सिद्धार्थ बैंक र लाइल्याक वेलनेस एन्ड स्पा बौद्धबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले लाइल्याक वेलनेस एन्ड स्पामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
यसका लागि ग्राहकले बैंकको प्लेटिनम डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।
यस सम्झौताले ग्राहकलार्ई छुटको सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ । सँगै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने बैंकको विश्वास छ ।
