काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल र विराटनगरस्थित गोल्डेन हस्पिटलबीच छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले गोल्डेन हस्पिटलमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने बैंकले जनाएको छ । नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ ।
डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न उक्त सहकार्य गरिएको बैंकले बताएको छ ।
