स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई ‘थ्री ए’ रेटिङ

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

Standard Chartered Bank 'Three A' rating

काठमाडौँ — स्ट्यान्डर्ड चार्टर्ड बैंक नेफालले त्रेडिट रेटिङ संस्था आईसीआरए नेपालबाट छैटौं पटक ‘थ्री ए’ रेटिङ पाएको छ । यो रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च सुरक्षाको सूचक रहेको र जसमा लगानीकर्ताको जोखिम न्यूनतम रहेको पुष्टि गर्ने बैंकले जनाएको छ ।

आईसीआरए नेपालले जारी गरेको विश्लेषणमा बैंकको पुँजी स्थिति, जोखिम व्यवस्थापन क्षमता तथा सम्पत्ति गुणस्तरमा देखिएको मजबुती रेटिङ प्राप्त गर्ने मुख्य कारण रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कान्तिपुर

Link copied successfully