काठमाडौँ — जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले अमेरिकन ब्रान्ड सिन्नाबनको स्टोर स्थापना गर्ने भएको छ ।
ललितपुरको सानेपामा जेठ १३ मा नयाँ सिन्नाबनको स्टोर उद्घाटन गर्न लागिएको ग्रुपले जनाएको छ ।
स्टोरमार्फत ग्रुपले सिन्नाबनका परिकार नेपाली उपभोक्तालाई पस्कने लक्ष्य लिएको बताइएको छ, जहाँ सिन्नाबनका रोल, बेक्ड उत्पादन र पेय पदार्थ पाइने ग्रुपको भनाइ छ ।
यो कदम नेपालका लागि नयाँ स्वादको अद्वितीय यात्रा रहेको सिन्नाबन नेपालका ब्रान्ड म्यानेजर श्रीदा शाहले बताइन् ।
