सिँगटी हाइड्रो इनर्जीलाई आईएसओ प्रमाणपत्र

जेष्ठ १३, २०८२

कान्तिपुर संवाददाता

ISO certification to Singti Hydro Energy

काठमाडौँ — सिँगटी हाइड्रो इनर्जी लिमिटेडले आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकामा कम्पनीले आईएसओ ९००१–२०१५ प्राप्त गरेको जनाइएको छ ।

बेलायतमा रहेको स्टानचुली म्यानेजमेन्ट एन्ड सर्भिसेजको बोर्डले सिँगटी हाइड्रो इनर्जीको आर्थिक, प्रशासनिक, कार्यसम्पादन, परियाजनाको विकास तथा डिजाइन, निर्माणलगायतको मूल्यांकन गरेर प्रमाणपत्र प्रदान गरिएको कम्पनीका प्रबन्ध सञ्चालक सुदीप खड्काले जनाए ।

काठमाडौंको गहनापोखरीमा केन्द्रीय कार्यालयको रहेको कम्पनीले दोलखाको सिँगटी खोलामा २५ मेगावाटको जलविद्युत् आयोजना सञ्चालन गरी ४ वर्षदेखि व्यावसायिक उत्पादन गरिरहेको छ । 

कान्तिपुर

Link copied successfully