फोहोर व्यवस्थापनलाई ह्याकाथन

जेष्ठ १३, २०८२

कान्तिपुर संवाददाता

Hackathon to waste management

काठमाडौँ —  विश्व वातावरण दिवसको ‘बिन देयर ह्याक्ड द्याट’ थिममा वेस्ट ह्याकाथन गरिने भएको छ ।

एनसेल फाउन्डेसन, खालीसिसी र बूढानीलकण्ठ नगरपालिकाको संयुक्त पहलमा यही जेठ २२ मा आयोजना हुने ह्याकाथनले नेपालको चुनौतीपूर्ण समस्यामध्येको एक— फोहोर व्यवस्थापनका 

लागि सिर्जनात्मक र प्रविधिमा आधारित समाधानको विकास गर्ने एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखालक्ष्मी खड्काले बताइन् ।

फोहोरलाई नवप्रवर्तन, आय र प्रभावको स्रोतका रूपमा पुनःपरिकल्पना गर्ने राष्ट्रिय आह्वान गर्न ह्याकाथन गरिएको खालीसिसीका संस्थापक तथा सीईओ अमुन थापाले जनाए ।

कान्तिपुर संवाददाता

Link copied successfully