काठमाडौँ — ग्लोबल आईएमई बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा बैंकका ग्राहकलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधासहित ‘ग्लोबल स्काई क्लब कार्ड’ सुरु गरेको छ ।
काठमाडौंमा जेठ ११ मा आयोजित विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्त रूपमा उक्त कार्डको अनावरण गरे ।
ग्लोबल स्काई क्लब कार्डवाहकले यती एयरलाइन्सका हरेक हवाई टिकट खरिदमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट पाउनेछन् ।
कार्डबाट पहिलो टिकट खरिदमा क्यास–ब्याकस्वरूप निःशुल्क टिकट पाइने बैंकले जनाएको छ ।
