काठमाडौँ — शिवम् सिमेन्टले ‘नो कम्प्रोमाइज’ को नयाँ संस्करण सुरु गरेको छ ।
‘नो कम्प्रोमाइजको वाचा गर्न सहिलो हुँदैन, तर जसले गर्छ उसको शिर सधैं ठाडो हुन्छ’ भन्ने जनचेतनासहित कम्पनीले यो अभियान फेरि सुरु गरेको हो । शिवम् सिमेन्टले ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड–२०१९ बाट पनि सम्मानित भएको छ ।
