काठमाडौँ — एनआईसी एसिया बैंक कमलादीस्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । शनिबार आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले नवनिर्मित भवनको उद्घाटन गरे ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी थापाथलीस्थित ट्रेड टावरबाट प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारी अधिकृतको कार्यालयलगायत विभिन्न विभाग र सबै सेवासुविधा कमलादीस्थित कर्पोरेट कार्यालयबाट प्रदान गर्ने गरी स्थानान्तरण भएको बैंकले जनाएको छ ।
