काठमाडौँ — महालक्ष्मी विकास बैंकले ३१ औं वार्षिकोत्सवका अवसरमा ३१ जना महिला उद्यमीलाई सम्मान गरेको छ ।
बैंकले जेठ ७ गते ३१ औं वर्षमा प्रवेश गरेको अवसरमा महिनाव्यापी रूपमा देशका विभिन्न शाखा कार्यालयमार्फत महिला उद्यमीलाई सम्मान गरेको हो । वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मूल प्रवाहमा ल्याउने उद्देश्यसहित उक्त सम्मान गरिएको बैंकले जनाएको
छ । बैंकले वार्षिकोत्सवका अवसरमा जेठ ६ मा देशभरका १० वटा शाखा कार्यालयमा रक्तदान कार्यक्रमसमेत गरेको छ ।
