सिटिजन्स बैंक र लोमस डिजिटलबीच छुट सम्झौता

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

Discount agreement between Citizens Bank and Lomas Digital

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंस्थित लोमस डिजिटलबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कार्डवाहक, प्रिभिलेज तथा मोबाइल बैंकिङ ग्राहकले लोमस डिजिटलमा छुट पाउनेछन् ।

बैंकका ग्राहकलाई लोमस डिजिटलले ह्विलपुल प्रडक्ट्स र किचन सामग्रीमा छुट दिने जनाइएको छ । बैंकका अनुसार यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनेछन् । साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ अगाडि बढ्न प्रेरणा दिने बैंकको विश्वास छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानीमा प्रोत्साहन गर्न यस किसिमका ग्राहकमैत्री सुविधा ल्याउने गरेको जनाएको छ ।

कान्तिपुर

Link copied successfully