ब्ल्याकभ्यू ट्याब मेगा-२ नेपालमा सार्वजनिक

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

Blackview Tab Mega-2 launched in Nepal

काठमाडौँ — प्रविधि कम्पनी ब्ल्याकभ्यूले आफ्नो नयाँ ट्याब्लेट ‘ब्ल्याकभ्यू ट्याब मेगा-२’ नेपाली बजारमा सार्वजनिक गरेको छ। उक्त ट्याब्लेटले आधुनिक सुविधा र नयाँ प्रविधिको संयोजनमार्फत प्रयोगकर्ताको ध्यान आकर्षित गरेको छ।

ब्ल्याकभ्यू ट्याब मेगा २ मा १२ इन्चको एचडी+ आईपीएस डिस्प्ले रहेको छ, जसले १२०० x २००० पिक्सेल रिजोलुसन र ६० हर्ट्ज रिफ्रेस रेट प्रदान गर्दछ। यो ट्याब्लेट युनिसक टाइगर टी६१५ अक्टा-कोर प्रोसेसरद्वारा सञ्चालित छ र यसमा ८ जीबी वा १२ जीबी र्यामसहित २५६ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ। स्टोरेजलाई माइक्रोएसडी कार्डमार्फत २ टेराबाइटसम्म विस्तार गर्न सकिने व्यवस्था गरिएको छ।

उक्त ट्याब्लेटमा ९ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ, जसले १८ वाट फास्ट चार्जिङलाई समर्थन गर्दछ। क्यामेराको सन्दर्भमा १६ मेगापिक्सेलको रियर क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश गरिएको छ। ट्याब्लेटले एन्ड्रोइड १५ अपरेटिङ सिस्टममा आधारित डोक ओएस ५.० सञ्चालन गर्दछ, जसले प्रयोगकर्तालाई सहज र अद्यावधिक अनुभव प्रदान गर्दछ। यसमा डुअल-बक्स स्पिकर, वाइडभाइन एल१ समर्थन तथा डुअल ४जी सिम स्लट जस्ता सुविधासमेत छन्।

नेपालमा उक्त ट्याब्लेटको मूल्य ३१,९९९ रुपैयाँ निर्धारण गरिएको छ। खरिदका लागि दाराज नेपाल र यन्त्र नेपालमार्फत अनलाइन अर्डर गर्न सकिने व्यवस्था गरिएको छ।

ब्ल्याकभ्यूका नेपाल प्रतिनिधिका अनुसार यो ट्याब्लेट मनोरञ्जन, काम र अध्ययनका लागि उपयुक्त छ। यसले नेपाली बजारमा किफायती मूल्यमा आधुनिक सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ।

कान्तिपुर

Link copied successfully