काठमाडौँ — कजारियाले बाराको जितपुरमा नयाँ शोरुम उद्घाटन गरेको छ । हिमाल ट्रेडिङद्वारा सञ्चालित उक्त शोरुमले गुणस्तरीय टायल उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
शोरुम स्थापनाले स्थानीय लाभान्वित हुने पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको भनाइ छ ।
भारतीय टायल कम्पनी कजारियाले प्रिमियम टायल्सलाई नेपाली बजारमा पुर्याउने लक्ष्य लिएको जनाएको छ । बाराको शोरुमले ग्राहकलाई प्रिमियम टायलको विस्तृत संग्रह प्रदान गर्नेसमेत कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
