डिजिटल सुरक्षाका लागि सफ्टवारिका कलेजको अभियान

जेष्ठ १०, २०८२

कान्तिपुर संवाददाता

Softwarika College's campaign for digital security

काठमाडौँ — डिजिटल सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्यसाथ सफ्टवारिका कलेज अफ आईटी एन्ड ई–कमर्सले चेतनामूलक अभियान सञ्चालन गरेको छ ।

यसका लागि कलेजले जेठ ८ मा देशभरका प्रमुख सहरमा रहेको एलईडी स्क्रिनमार्फत ३० मिनेट लामो भिडियो प्रसारण गराएको छ ।

उक्त भिडियो बीएससी एथिकल ह्याकिङ र साइबर सेक्युरिटी कोर्सको प्रचारप्रसार अभियान रहेको कलेजले जनाएको छ । यस अभियानले विश्वव्यापी सञ्जाल विस्तारसँगै सर्वसाधारणले सामना गर्नुपर्ने जोखिम उजागर गराउन प्रयास गराएको कलेजको भनाइ छ ।

अभियानमार्फत साइबर सेक्युरिटीप्रति गम्भीर चेतावनीका रूपमा प्रस्तुत हुँदै बलियो सुरक्षा उपायहरूको आवश्यकतालाई देखाउन खोजिएको कलेजले बताएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully