काठमाडौँ — डिजिटल वाणिज्य र फिन्टेक प्रदर्शनी ‘सिमलेस दुबई २०२५’ मा नेपाल पविलियनको उद्घाटन गरिएको छ ।
फिन्टेक एलायन्स नेपाल (फ्यान) को नेतृत्वमा सुरु गरिएको उक्त नवीन पहलले ९ वटा नेपाली आईटी तथा फिन्टेक कम्पनीलाई उक्त प्रदर्शनीमा उपस्थिति गराइएको जनाइएको छ ।
जेठ ६ देखि सुरु भएको प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुनेछ । यस अवसरले नेपाली आईटी तथा फिन्टेक कम्पनीलाई सीमा पार साझेदारी प्रवर्द्धन र नेपाली डिजिटल अर्थतन्त्रको अवसर अन्वेषण गर्न सहज हुने जनाइएको छ । फ्यानका अध्यक्ष साजन शर्माले नेपाली आईटी तथा फिन्टेक व्यवसायीका लागि यो ठूलो अवसर हुने बताए ।
