काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनलले दृष्टि फाउन्डेसन नेपाललाई सहयोग गरेको छ । मानसिक स्वास्थ्य समस्याबाट पीडित, परिवारविहीन महिला र बालबालिकाका लागि काम गर्दै आएको धनगढीस्थित फाउन्डेसनलाई बैंकले सहयोग गरेको हो ।
बैंकले करिब ६५ जना महिला र उनीहरूका बालबालिकालाई दुई महिनासम्मका लागि सरसफाइ तथा उपभोग्य सामग्री उपलब्ध गराएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले फाउन्डेसनलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।
