टाटा ईभी प्रि–बजेट एक्सचेन्ज फेस्ट जेठ ७ सम्म

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

Tata EV Pre-Budget Exchange Fest till 7th May

काठमाडौँ — नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकको उत्साहपूर्ण सहभागिता र बढिरहेको मागलाई ध्यानमा राखी प्रि–बजेट एक्सचेन्ज फेस्टलाई जेठ ७ सम्म लम्बाएको छ ।

मेलामा ग्राहकले कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक गाडी साट्न सक्नेछन् । यसबाट ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरीज र जीवनभर निःशुल्क चार्जिङ सुविधा पाउने कम्पनीले जानकारी दिएको छ । यो अफर टाटा टियागो ईभी, कर्भ ईभी, पन्च ईभी र नेक्सन के३ ईभी मोडलमा मात्र हुने कम्पनीको भनाइ छ । साथै ग्राहकले निःशुल्क चार्जिङ बक्स र त्यसको स्थापना सुविधा पाउनेछन् । इच्छुक ग्राहकहरूले देशभर रहेका सिप्रदीको आधिकारिक सोरुममा गई मेलाको अवलोकन गर्न तथा इलेक्ट्रिक गाडीहरूको टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । 

कान्तिपुर

Link copied successfully