काठमाडौँ — लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको विद्युतीय सवारीसाधनमा आकर्षक प्रि–बजेट अफर ल्याएको छ । यो अफर जेठ ५ देखि १४ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ ।
यो अफर हुन्डाईको कोना इलेक्ट्रिक, आईओएनआईक्यू ५ र त्रेटा ईभीमा मात्र लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रि–बजेट अफरमा निःशुल्क बिमा छ । जहाँ ग्राहकले नयाँ हुन्डाईको ईभी खरिदमा निःशुल्क बिमा सुविधा पाउनेछन् । साथै निःशुल्क सडक करको सुविधा पनि समावेश छ । ग्राहकले यी तीनै मोडलमा नगद छुट पाउनेछन् ।
