काठमाडौँ — कनेक्ट आईपीएसले लाइफ इन्स्युरेन्स प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यास ब्याक हुने अफर ल्याएको छ । जेठ ४ देखि साउन ३१ सम्म लागू हुने अफरअन्तर्गत ग्राहकले एक हजार रुपैयाँसम्म भुक्तानी पाउनेछन् ।
साथै कनेक्ट आईपीएसबाट भुक्तानी गर्नेमध्ये हरेक साता भाग्यशाली १० जनाले प्रिमियम भुक्तानीको रकम बराबर वा २० हजार रुपैयाँसम्म रकम फिर्ता पाउनेछन् । साथै लक्की ड्रमार्फत छानिएका विजेताको जानकारी साता सकिएपछि कम्पनीको वेबसाइटमा सार्वजनिक हुनेछ ।
