ग्लोबल आईएमई बैंक र तिलगंगा सिटी आई सेन्टरबीच सम्झौता

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

Agreement between Global IME Bank and Tilganga City Eye Centre

काठमाडौँ — ग्लोबल आईएमई बैंक र चुच्चेपाटी चाबहिलस्थित तिलगंगा सिटी आई सेन्टरबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले तिलगंगा सिटी आई सेन्टरमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौतामा बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलीप पोखरेल र सिटी आई सेन्टरका प्रमुख कार्यकारी अधिकृत आस्था पन्तले हस्ताक्षर गरे । सम्झौताअनुसार अस्पतालले बैंकका डेबिट तथा क्रेडिट कार्ड र बैंकको मोबाइल एप प्रयोगकर्ताले अस्पतालको सेवा उपचारमा लाग्ने शुल्कमा छुट पाउनेछन् । जहाँ ग्राहकले अस्पतालको सामान्य आँखा परीक्षण, डाक्टरद्वारा सिफारिस चस्मा, शल्यक्रिया र थेरापीमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।

कान्तिपुर

Link copied successfully