एनसेल बन्यो अपांगता समावेशीकरण प्रवर्द्धन गर्ने कम्पनी

जेष्ठ ६, २०८२

कान्तिपुर संवाददाता

Ncell has become a company promoting disability inclusion

काठमाडौँ — एनसेल अपांगता भएका व्यक्तिलाई समावेशीकरण प्रवर्द्धन गर्ने टेलिकम कम्पनी बनेको छ ।

यसका लागि जीएसएमएले जारी गरेको अपांगता भएका व्यक्तिहरूका लागि डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने सिद्धान्तमा एनसेलले हस्ताक्षर गरेको छ ।

जीएसएमए विश्वभरका मोबाइल सेवाप्रदायक कम्पनीको छाता संगठन हो । जीएसएमएका यी सिद्धान्तले डिजिटल समावेशीकरण प्रवर्द्धन गर्न र मोबाइल सेवामा अपांगता भएका व्यक्तिहरूको पहुँचको खाडल हटाउन विश्वभरका मोबाइल सेवा प्रदायकहरूलाई प्रेरणा र मार्गनिर्देशन प्रदान गर्ने जनाएको छ । 

कान्तिपुर

Link copied successfully